लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला



नयाँ दिल्ली

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला भएको छ। भारतको केन्द्रीय जाँच ब्यूरोको बिशेष अदालतले चारा घोटाला मुद्दामा फैसला सुनाउदै उनलाई शनिबार साढे ३ वर्ष जेल र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

अदालतले यसअघि नै लालुलाई दोषी ठहर गरिसकेको छ। हाल उनी जेलमा छन्। गत २३ डिसेम्बरमा उनलाई अदालतले दोषि ठहर गरेकोमा त्यही दिन उनी पक्राउ परेका थिए। उनी मुख्यमन्त्री हुँदा भएको चारा खरिदमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो।