लालु यादवले मोदीलाई बुर्बक भनेपछि... - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

लालु यादवले मोदीलाई बुर्बक भनेपछि…



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै बादल लागेको बेला राडारले काम गर्दैन भन्ने अभिव्यक्ति दिएका थिए

उनले पाकिस्तानको बालाकोटमा हवाई आक्रमणगर्दा आफूले बादल लागेका कारण सेनालाई पाकिस्तानी भूमिमा आक्रमण गर्न लगाएको बताएका थिए।

उनको तर्क थियो बादल लागेको बेला राडरले काम गर्दैन। सोही कारण पाकिस्तानले आफ्नो आक्रमणको बारेमा जानकारी पाउँदैन। जुन सत्य होइन।

यतिबेला सोही अभिव्यक्तिका कारण मोदी आलोचित भइरहेका छन्। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवले समेत मोदीको आलोचना गरेका छन्।

मोदीको अभिव्यक्तिलाई लक्षित गर्दै लालु यादवले आइतबार ट्वीट गर्दै मोदीलाई ‘बेबकुफ व्यक्ति’को संज्ञा दिएका छन्। उनले ठट्यौली शैलीमा लेखेमा छन्,‘ ऐ हट बुडबक, तेरा ध्यान किधर हे रडार इधर हे।’

मोदीले टेलिभिजन कार्यक्रममा भनेका थिए,‘हवाई कारवाहीको दिन मौसम उपयुक्त थिएन। विशेषज्ञले आक्रमण अर्को दिन गरौं भन्ने सल्लाह दिएका थिए। तर मैले उनीहरुलाई सल्लाह दिए कि बादलले हाम्रो मदत गर्नेछ। हाम्रो लडाकु विमान पाकिस्तानको राडरको नजरमा पर्नेछैन।’

गत फेब्रुअरी १४ मा भारत प्रशासित कास्मिरको पुलवामा जिल्लामा भएको आतंकवादी आक्रमणमा ४० भारतीय सेनाको ज्यान गएको थियो।

पाकिस्तानस्थित जैस–ए–मोहम्मद समूहले आक्रमण गरेको थियो। भारतले आक्रमणको जिम्मा पाकिस्तानलाई लगाएको थियो। भारतले जवाफी कारवाही गरेकोभन्दै पाकिस्तानी भूमिमा पसेर आक्रमण गरेको थियो। एजेन्सी