चुनावी परिणामले लालु यादव बिरामी - राँची अस्पताल भर्ना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चुनावी परिणामले लालु यादव बिरामी – राँची अस्पताल भर्ना



नयाँदिल्ली । कुनै समय राजनीतिका सफल खेलाडि मानिएका बिहारका पुर्व मुख्यमन्त्री लालु यादव यसपटक आफ्नो राज्यमा एकसिट पनि जित्न नसकेपछि राँचीको एक अस्पतालमा भर्ना गरिएका छन् । निर्वाचनमा पाएको आश्चर्यजनक शुन्य परिणामपछि लालु यादवलाई गहिरो मानसिक धक्का लागेको बताईएको छ ।

भारतमा भर्खरैमा सकिएको लोकसभा निर्वाचनमा कल्पनै नगरिएको परिणाम सुनेपछि आरजेडी सुप्रीमो लालुले खाना खान पनि छोडेका छन् । खाना छोडेपछि यतिबेला लालुलाई उपचारको लागि राँचीको एउटा अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

खाना छोडेपछि लालुको स्वास्थ्य बिग्रँदै गएको र उनलाई इन्सुलिन दिन पनि गाह्रो भएको उपचार संलग्न चिकित्सकहरूको भनाई छ ।

लोकसभा निर्वाचनमा लालुको पार्टीले विहारमा ‘खाता’समेत खोल्न सकेन । विहारका ४० मध्ये विजेपीले ३९ र कांग्रेसले एक सिटमा विजय हासिल गरेका थिए । महागठबन्धन बनाएर चुनाव लडे पनि आरजेडीले बिहारमा एउटै पनि सिट जित्न नसकेपछि त्यसबाट लालुलाई गहिरो मानसिक चोट परेको अनुमान गरिएको छ ।