ललितपुर महानगरपालिकामा कर्फ्यु आदेश - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ललितपुर महानगरपालिकामा कर्फ्यु आदेश



काठमाडौं- ललितपुरमा शुक्रबार कर्फ्यु लगाइने भएको छ । विहान चार बजेदेखि राति१ १० बजेसम्म कर्फ्यु लगाईने बताइएको छ ।

ललितपुर महानगरपालिकामा स्थिति नियन्त्रण भन्दा बाहिर जानसक्ने आंकलन गर्दै कर्फ्यु लगाइने भएको हो ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको बताएका छन् ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा आज दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा थुप्रै घाईते भएका छन् ।