ललितपुरमा डेरा गरी बस्ने एक दम्पति मृत भेटिए - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

ललितपुरमा डेरा गरी बस्ने एक दम्पति मृत भेटिए



ललितपुर- ललितपुरको एक घरमा दम्पति मृत भेटिएका छन् । प्रहरीका अनुसार उनीहरू बन्द कोठामा मृत भेटिएका हुन् ।

महालक्ष्मी नगरपालिका-७ स्थित चाँगाथलीस्थित रमेश खड्काको घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा फेला परेका हुन्।

सोमबार बिहान उक्त घरमा डेरागरी बस्ने राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार प्रारम्भिक अनुसन्धानले उनीहरूले विष सेवन गरेको देखिएको छ।

भुइँ तलामा फ्ल्याट लिएर बसेका पोखरेल दम्पत्तिले बाबु आमा घरमा नभएको मौका पारेर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आमा-बुबासँगै उक्त घरमा डेरा गरी बसेका उनिहरू बाबु आमा बालकोटस्थित आफ्नी छोरीको घरमा गएको समयमा मृत भेटिएका हुन् ।

सोमबार बिहानै आमाबाबुले उनीहरूलाई लगातार फोन गर्दापनि नउठाएपछि घरबेटीलाई फोन गरेका थिए। घेरबेटीले कोठाबितर उनीहरू मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरूको शव पोष्टमर्टमका लागि ललितपुरको पाटन अस्पतालमा पठाएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।