लालिगुरास सामुदायिक वनको चाैथाे साधारणसभा सम्पन्न , पुनः अध्यक्षमा कुँवर  - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

लालिगुरास सामुदायिक वनको चाैथाे साधारणसभा सम्पन्न , पुनः अध्यक्षमा कुँवर 



बौनिया,कैलाली । कैलालिकाे बर्दगाेरिया गाउपालिका भित्र सबैभन्दा ठुलो सामुदायिक बनकाे रुपमा रहेेको वडा नम्बर ३ स्थित लालिगुराँँस सामुदायिक बन उपभोक्ता समुहकाे अध्यक्षमा भिम बहादुर कुँवर सर्वसम्मत चयन भएका छन् ।

मंगलबार भएको चाैथाे साधारण सभाले कुँवर लाई नै सर्वसम्मत चयन गरेकाे हाे । मंगलबार उद्धघाटन सत्र पछि भएको बन्द सत्रमा कुँवरकाे मात्र एकल उम्मेदवारी परे पछि उनी फेरि चयन भएका हुन् । कुँवर बिगत १२ बर्ष देखि उत्त बनकाे अध्यक्ष रहदै आएका छन् । बन्द सत्र अघि साधारण सभाकाे उद्धाटन कैलाली क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य नन्द बहादुर साउँदले उद्धघाटन गरेका थिए ।

यसै गरि साधारण सभाले बरिष्ट उपाध्यक्षमा रवि कुँवर सर्वसम्मत चयन हुदा उपाध्यक्षमा डबल बि.क गाेला पर्था बाट चयन हुन सफल भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका ९ जना मध्य सबैले उम्मेदवारी फिर्ता लिदा अन्तिममा रामचन्द्र कठरिया र डबल बि.क बिच गाेला पर्था भएको थियाे ।

यस्तै गाेला पर्था बाटै काेषाध्यक्षमा शान्ति देवि बि.क र सचिवमा पार्वति अाचार्य चयन हुदा सह सचिवमा भेष राज जाेशि सर्वसम्मत चयन भएका थिए । त्यसै गरि समुहकाे सदस्यमा जागेश्वर चाैधरि,हेम राज स्वार,हरि सिह बि.क,गुलबपति चाैधरि,जगन्नाथ जाेशि,बिष्णु चाैधरि,शिव राज गाैतम र गाेविन्द विसि सर्वसम्मत चयन भएका हुन ।

त्यस्तै मंगलबार नै टंक राज अाेलिकाे संयाेजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरिएकाे छ ।पदाधिकारी हरुकाे कार्यकाल तीन बर्षकाे रहने छ ।