लाँली गुराँसद्वारा नेपाली सर-समान अब दिल्लीमै - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

लाँली गुराँसद्वारा नेपाली सर-समान अब दिल्लीमै



नयाँ दिल्ली 

कुनै पनि समुदायको भेषभुषा, रहनसहन र संस्कृति उसको पहिचान हो । आफ्नो अस्तित्व जोगाउनका लागि आफ्नो पहिचान जोगाउन आवश्यक छ । स्वदेशमा समेत आफ्नो नेपाली संस्कृति लोप हुन गइरहेका बेला भारतको राजधानीमा भने संस्कृति जोगाउने एउटा प्रयास सुरु भएको छ ।

भारतको राजधानी दिल्लीमा लाँली गुराँस मेरो सम्झनाको नाममा नेपाली सर-सामानको विक्री वितरण सुरु गरिएको छ । लाली गुराँस मेरो सम्झनाले एक कार्यक्रम गरी औपचारिक रूपमा व्यवसायको शुभारम्भ गरेको छ ।

दिल्लीको आर के पुरममा विभिन्न सामाजिक सङ्गठन, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, प्राध्यापक र सञ्चारकर्मीको उपस्थितिमा गरिएको कार्यक्रममा लाली गुराँस मेरो सम्झनाका सञ्चालक राहुल अधिकारीले यो व्यवसाय भारतको राजधानीमा नौलो मात्र नभएर चाहिएको बेला पाउन सकिने गरी नेपाली दौरा सुरुवाल, गुन्यु चोली, ढाका टोपी, भादगाँउले टोपीका साथै अन्य नेपाली पोसाक, पोते, नेपाली झन्डा, खानाका परिकारमा गुन्द्रुक, सिद्रा माछा, चाउचाउ लगायतका सामाग्रीको बेच्न सुरु गरेको बताए  ।

समारोहमा उपस्थित अतिथीहरुले पनि अब प्रवासी नेपालीहरूलाई आवश्यकता भएका बेला नेपाली सर-समान पाउने भएकाले उक्त प्रयासको प्रशंसा गरेका थिए ।