२ न प्रदेशका मुख्यमन्त्रीको लाजमर्दो अभिव्यक्ति:मोदीलाई भने ‘हमारे प्रधानमन्त्री’
काडमाडौँ । दुई दिने राजकिय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले हमारे प्रधानमन्त्री भनेका छन् । जनकपुरमा बाह्र बिघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मोदीलाई हमारे प्रधानमन्त्री भनेका हुन् ।
भिडियो हेर्नुहोस्
नेपालको नयाँ संविधान अनुसारनै मुख्य मन्त्री बनेका राउतले नेपालको संविधान विभेदकारी भएको समेत आरोप लगाएका थिए । यस्तै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सञ्चार माध्यमलाई बाइपास गरियो । अहिले सम्म पर्यटक तथा नेपालीहरूलाई समेत फोटो तथा भिडियो खिच्न नदिएको जानकी मन्दिर तथा मुक्तिनाथ मन्दिरमा भारतीय टेलिभिजनहरूले निर्वाध लाइभ गर्न दिइएको छ ।
जकपुरको जानकारी मन्दिर तथा मुस्ताङको मुक्तिनाथ मन्दिर भित्र मोदीले पूजा गरिरहँदा भारतीय सञ्चार माध्यमले मन्दिरको मुख्य भागबाट लाइभ गरिरहेका थिए तर नेपाली मिडियाहरूलाई भने परिसरमै समेत बस्न दिइएको थिए । कति सम्म भने क्यामेरा अलाउ छैन भनी लेखिएको पनि वास्ता गरेनन् भारतीय सञ्चार माध्यमहरूले ।
साथै शान्तिपूर्ण विरोध प्रदर्शन गर्नेहरुलाइ समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यता साझा विवेकशील पार्टीले आफ्नो कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौ भनी लेखिएको ब्यानर प्रहरीले जबरजस्ती हटायो ।
पुण्यका लागि तीर्थ आएका मोदीले नाकाबन्दी गर्नु गलत थियो भन्छन् कि भन्ने धेरैको अनुमान थियो तर उन्ले केही बोलेनन् । दुई देश बिचको सम्बन्धमा देखिएको समस्यामा कुनै नगरी सम्बन्ध सुधार भयो भन्दै मोदी फर्किए ।