लालबाबुले भने : २० हजार नयाँ कर्मचारी भर्ना गर्छु - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

लालबाबुले भने : २० हजार नयाँ कर्मचारी भर्ना गर्छु



काठमाडौं– संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिना भित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दावी पनि गरे । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम सकिने वित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे ।

मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाई हुन गएको पनि स्पष्ट पारे ।