कुनै पनि आयोग गठनमा ढिला नहुने - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

कुनै पनि आयोग गठनमा ढिला नहुने



काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानमा व्यवस्था गरिएका सबै आयोग गठनको काममा ढिलाई नहुने जानकारी दिएका छन् ।

आदिवासी जनजाति उत्थान रािष्ट्रय प्रतिष्ठान संचालक परिषदको १७ औं बैठकलाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री पण्डितले सरकार संविधानको परिकल्पना र राष्ट्रिय आवश्यक्तालाई प्रमुख मानेर अघि बढिरहेको दावी गरेका छन् । कर्मचारी व्यवस्थापनको काममा पनि ढिलाई नहुने पण्डितले जानकारी दिएका हुन् ।

सरकार प्रशासनिक पुनसंरचनाको काममा केन्द्रित रहेको मन्त्री पण्डितले बताए । उनले आदिवासी जनजातिहरुको हकहित विपरित कुनै पनि गतिविधि हुन नदिने दृढता पनि व्यक्त गरेका छन् ।