लाखौं लगानी गरेर पढेपनी बेरोजगार भएर बस्नु पर्ने बाध्यता : प्रदेश सांसद साउद - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

लाखौं लगानी गरेर पढेपनी बेरोजगार भएर बस्नु पर्ने बाध्यता : प्रदेश सांसद साउद



विशाल पाण्डेय

सुखड ,कैलाली । कैलाली क्षेत्र नं ३ प्रदेश सभा सांसद अमर बहादुर साउदले शिक्षामा लाखौं लगानी गरेर पढेपनी बेरोजगार भएर घरमै बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

” बेरोजगार युवा युवतीलाई रोजगारीमा पहुँच हाम्रो अभियान ” , भन्ने मुल नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा शुक्रबार शिक्षा तथा प्राकृतिक संरक्षण मञ्च सुखडको आयोजना तथा घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा लोकसेवा आयोगको तयारी कक्षा उद्घाटन कार्यक्रममा प्रमुख अतिथी बाट बोल्दै सांसद साउदले लाखौं रुपैया खर्च गरेर पढेपनी बेरोजगार भएर बस्नु पर्ने बाध्यता रहेको बताउनु भएको हो ।

” देशमा अध्यन गरेर बसेका लाखौं युवाहरु छ्न ,
तर उनिहरुलाइ सरकारले उचित रोजगारीको सिर्जना गर्न नसक्दा बाहिरी देशमा गइ बाध्य भएर अरुको गुलामी गर्नु पर्ने अवस्था रहेको साउदले बताउनु भयो । लाखौं रुपैया खर्च गरेर अभिभावकहरुले पढाउनु भयो तर देशमा रोजगार नभएर पढाइ गरेर खाली बस्नु पर्ने हुदा अभिभावक तथा आफू समेत दुखी रहेको बताउनु भयो ।

” अब स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकारले विभिन्न स्रोत र साधनहरुको पहिचान गरि
युवाहरुको रोजगारिका लागि कदम चाल्नु पर्ने बताउनु भयो । साथै परम्परा गत पेशाको रुपमा प्रयोग गर्दै आएको विभिन्न औजारहरु लोप हुँदै गएको हुनाले परम्परागत पेशालाइ सुदृढीकरण गर्ने उदेश्य तथा अपांगता , मुक्तकमैया सम्बन्धितका कार्यक्रमहरु पनि गर्नका लागि आयोजकलाई सुझाव दिदै प्रदेश सरकारले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साउदले बोक्सी आरोपमा कुटिएकी राधा चौधरीको बारेमा कुरा गर्दै अब त्यस्तो घटना दोहोरिन नदिन रुढीबादी परम्परा ,अन्धविश्वास लाई अन्त्य गर्नको लागि नया संस्कार सुरु गर्नु पर्ने र त्यो कार्यमा सबै लाग्नु पर्ने भन्दै अनुरोध गर्नु भएको थियो । कार्यक्रममा उपस्थित रहेका विद्यार्थीहरुलाइ आफू सङग भएका ज्ञान लाई आफ्नो गाउँ ठाउ र देशको विकासका लागि सदुपयोग गर्नु पर्ने बताउनु भयो । सांसद साउदले समयको माग र आवस्यकतालाइ हेरेर लोक सेवा आयोग तयारी कक्षा संचालक गरेको हुनाले आयोजकलाइ धन्यवाद तथा विद्यार्थीहरुलाइ शुभकामना दिनु भयो ।

शिक्षा तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष दिपेन्द्र बहादुर शाहीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथिको आसनबाट घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाही , वडा नं २ का वडाध्यक्ष हरिराज बिस्ट , वडा नं ३ का वडाध्यक्ष कमल राज चौधरी , वडा नं ४ का वडाध्यक्ष टेक बुढा , वडा नं ५ का वडाध्यक्ष प्रेम रोकाया तथा घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशीले मन्तव्य राख्नु भएको थियो ।

संरक्षण मन्चका सदस्य शिवराज सञ्ज्यालको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु , समाजसेवी ,पत्रकारहरु तथा विद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सञ्चालन  शिक्षा तथा संरक्षण मन्चका सचिव ओम आचार्यले गर्नु भएको थियो ।