लैङ्गीक बिभेदमा आधारित हिंसा न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम घोडाघोडीमा सम्पन्न - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

लैङ्गीक बिभेदमा आधारित हिंसा न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम घोडाघोडीमा सम्पन्न



हिमाल पोस्ट / सुखड ।
लैङ्गीक बिभेदमा आधारित हिंसा न्युनिकरण संम्बन्धी अभिमुखिकरण कार्यक्रम घोडाघोडी नगरपालिका -११ मा आइतबार सम्पन्न भएको छ । मन मस्तिष्कमा जरो गाडेर बसेको लैङ्गीक बिभेदलाई अन्त्य गर्नका लागी कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

सामाजिक रूपमा अझै पनि लिङ्गकै आधारमा बिभेद कायमै रहेको अबस्थामा युवा सशक्त भएर लागेमा नयाँ पुस्तामा लिङ्गकै आधारमा हुने बिभेदको अन्त्य हुने भएकाले सो को अभियानमा आफु लागी परेको घोडाघोडो नगर युवा संजालका अध्यक्ष शंकर डगौराले बताउनु भयो ।

घोडाघोडि नगर युवा संजालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले आफु सामाजिक जालोमा अल्झिदा नजानेरै लैङ्गीक बिभेदको शिकार हुनु परेको बताए । साथै सहभागी स्थानिय देसानी चौधरीले आगामी दिनमा यस्ता हिंसा आफ्नु परिबार र समाजमा हुन नदिने अठोट समेत गरिन ।

नगर युवा संजालले घोडाघोडी नगरपालिका अन्तरगत वडा नं १,२,१० र ११ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सहजिकरण घोडाघोडी नगर युवा संजाल अध्यक्ष शंकर डगौरा र वडा स्तरिय युवा सन्जाल उपाध्यक्ष लक्ष्मी मिश्रले गर्नु भएको थियो ।