र्‍यापर लाहुरेलाई १० वर्ष जेल र २५ हजार जरिवाना हुनसक्ने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

र्‍यापर लाहुरेलाई १० वर्ष जेल र २५ हजार जरिवाना हुनसक्ने



काठमाडौं- ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर लाहुरेमाथि अर्को समस्या आइलागेको छ । र्‍यापर लाहुरे लागू औषध कारोबार र प्रयोगमा आरोपमा बुधबार पोखराबाट पक्राउ परेका हुन् ।

र्‍यापर लाहुरे ५ वर्षसम्म जेल जानसक्ने देखिएको छ । प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्‍यापर लाउरेका नामले परिचित आशिष राना मगर ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको हो ।

बुधबार राती कास्कीको न्युरोडस्थित एक घरबाट र्‍यापर लाउरे र उनीसँगै रहेकी एक युवतीलाई पनि पक्राउ गरिएको थियो । उनीहरूसहित लागू औषधको कारोबार र प्रयोगमा संलग्न अन्य केहीलाई पनि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । र्‍यापर लाउरे संलग्न रहेको उक्त लागू औषध प्रकरणमा करिब १५ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको बताइएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्‍यापर लाहुरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ । प्रहरीले प्रयोगकर्ता र डिलरको चेन खोज्दै जाने क्रममा युवतीसँगै रहेका र्‍यापर लाउरे पक्राउ परेका हुन् । उनी पनि कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ ।

बिहीबार तमु ल्होसारको बिदा परेको कारण शुक्रबार लाउरेको म्याद थपेर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ ।

उक्त ऐनको दफा १४ को उपदफा १ (छ) मा अफिम, कोका वा सोबाट बनेको लागू औषधको कारोबार गर्नेलाई मात्रा हेरी सजाय गर्ने व्यवस्था छ । दफा १४ को उपदफा १(छ) को बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।