लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ । थानकोटमा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर १ एच ६९०८ नं को भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।
कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिए ।
कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।