निर्मल हत्याकाण्ड :लागुऔषध दिएर अपराध कबुल - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

निर्मल हत्याकाण्ड :लागुऔषध दिएर अपराध कबुल



काठमाडौं ।निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहेको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पु¥याइएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका –१८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो । पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालधारीस्थित प्रहरी विटमा जाहेरी दिएका थिए । समाचार कान्तिपुरमा छ ।

यता, पक्राउ परेका विशाल चौधरीका बुबा वीरबहादुर चौधरीले आफ्नो छोरालाई लागुऔषध दिएर अपराध कबुल गर्न लगाउने काम भइरहेको आरोप लगाएका छन् ।