लागूऔषध कारोबारमा संलग्न दुई जना पक्राउ
कैलाली । कैलालीमा लागूऔषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साझ धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट दुई जनालाई पक्राउ गरेको हो ।
पैदल हिँडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका – ३ बस्ने १८ वर्षीय निखिल बिष्ट र बैतडीको दशरथचन्द नगरपालिका – २ घर भइ धनगढी उपमहानगरपालिका – ३ बस्ने १९ वर्षीय राजेश भाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुको शरिर खान तलासी गर्दा नाईट्रोभेट १४४ टयाब्लेट र गाजा समेत फेला परेको प्रहरीले जनाएको छ ।