लगातार विकेट गुमाएपछि दबाबमा नेपाली टोली - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

लगातार विकेट गुमाएपछि दबाबमा नेपाली टोली



काठमाडौं । मलेसियामा जारी दोस्रो तथा अन्तिम टी–ट्वान्टीमा प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । तर, नेपालले लगातार तीन विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको छ । कप्तान पारस २३ रनमा आउट भए ।

यस्तै नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रन र पहिलो विकेटको रुपमा पवन सर्राफलाई १० रनमा गुमाएको थियो ।

दुई खेलको टी–ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।

पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।