लगातार २४ घण्टा शिक्षण गरी गणित विषयको कोर्स सकाए डागीले - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

लगातार २४ घण्टा शिक्षण गरी गणित विषयको कोर्स सकाए डागीले



हिमाल पोस्ट /लम्की ,कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ बघौरामा रहेको स्वयम्भूनाथ बाल विद्या मन्दिरका सहायक प्र. नेत्र डागी ले २४ लगातार शिक्षण गरी कक्षा १० को अनिवार्य गणितको पूरा कोर्स सकेका छन् ।

आइतबार साँझ ५:४० बाट सुरु भएको कक्षा सोमबार साँझ ५:४० मा समापन भएको थियो । कार्यक्रममा सोही स्कुलका कक्षा १० र कक्षा ९ का विद्यार्थी सहभागी थिए । कक्षामा लोकेन्द्र बडूवाल ,भाबेष तिमिल्सिना ,चक्र ढकाल ,नरेश कार्की , प्रतीक ढकाल सुवास खत्री लगायतका विद्यार्थीहरू सहभागी थिए ।

सम्पूर्ण प्राविधिकको जिम्मा विद्यार्थी राहुल सुनार ले समालेका थिए । कार्यक्रमको मुख्य उद्देश्य शिक्षकहरूको सम्मान र गणित विषय प्रति विद्यार्थीको मोह बढाउनु रहेको प्र. डागिले बताए । सम्पूर्ण कार्यक्रम फेसबुकमा २४ घण्टा प्रत्यक्ष प्रसारण गरिएको समेत उनले जानकारी दिए ।

कार्यक्रम लम्की चुहा २ बघौरा स्थित श्री देविसरा डागिको घरमा सञ्चालन गरिएको थियो । शिक्षक डागिले पुरै २४ घण्टाको समयमा खाना समेत नखाई शिक्षण गरेका थिए ।