चिनियाँ कम्पनीको ३६ अर्ब ७५ करोड सिमेन्ट उत्पादनमा लगानी सम्झौता - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

चिनियाँ कम्पनीको ३६ अर्ब ७५ करोड सिमेन्ट उत्पादनमा लगानी सम्झौता



भदौ १९, काठमाडौं–

चीनको एक निजी कम्पनीले नेपालको सिमेन्ट उत्पादनमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । सरकार र चिनियाँ कम्पनी होङशिवम् सिमेन्टबीच नेपालमा सिमेन्ट कारखाना स्थापना गर्ने सम्झौता भएको हो ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र होङशिवम् सिमेन्ट प्रालिका महाप्रबन्धक लेई वेइपेङले नेपालमा सिमेन्ट कारखाना स्थापना गर्ने परियोजना लगानी सम्झदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

चीनको होङसी नामक कम्पनीले नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा नवलपरासीको साविकको मेनिमणिपुर गाविसमा सिमेन्ट उद्योग खोल्न लागेको हो ।

९ सय मेगावट क्षेमताका अरुण तेस्रो र माथिल्लो कर्णालीमा आएको वैदेशिक लगानी पछिको तेस्रो ठूलो लगानीको प्रतिवद्धता आएको लगानी वोर्डले जनाएको छ । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रवहाद्ुर कार्की  तथा नेपालका लागि चिनियाँ राजदुत यू होङको समेत उपस्थिति थियो ।

सम्झौताअनुसार कम्पनीले नवलपरासी जिल्लामा सिमेन्ट कारखाना स्थापना गर्नुपर्नेछ । कम्पनीले सन् २०१८ भित्र उत्पादन सुरु गर्नेछ । कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले चिनियाँ कम्पनीलाई सिमेन्ट कारखाना स्थापना गर्न सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकार प्रतिवद्ध रहेको बताएको थियो ।