वरिष्ठ उपाध्यक्षमै मिलेन कुरा: लफडा हुने संकेत - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

वरिष्ठ उपाध्यक्षमै मिलेन कुरा: लफडा हुने संकेत



सौराहा- नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्षमा पदमा महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङबीच सहमति जुट्न नसक्दा अन्य पदाधिकारीका विषयमा छलफल नै हुन नसकेको बुझिएको छ।

चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दाबी गरेका पोखरेल र नेम्वाङ दुवैले अडान नछाडेपछि अन्य पदाधिकारीका विषयमा छलफल अघि बढ्न नसकेको बताइएको छ।

अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताका अनुसार केन्द्रीय कमिटी सदस्यको नाम लगभग टुंगिएपछि पदाधिकारीका विषयमा छलफल सुरु गरिएको थियो। तर, आइतबार पूरै वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीबीच सहमति जुटाउने अध्यक्ष ओलीको प्रयासले सार्थकता पाउन सकेन।

उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको मोटामोटी खाका बने पनि आकांक्षीहरु राखेर छलफल भने गर्न नसकेको ओलीनिकट नेताहरुले बताएका छन्।

वरिष्ठ उपाध्यक्षमा पोखरेल सर्वसम्मत भएपछि उपाध्यक्ष भीम रावल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल वा शंकर पोखरेलमध्ये एकलाई बनाउने प्रारम्भिक खाका तयार भएको थियो।

यसैगरी महासचिवमा पौडेल र पोखरेलमध्ये एक जनाले जिम्मेवारी पाउने छन्। तर, उनीहरुलाई सँगै राखेर अध्यक्ष ओलीले संवाद गर्ने मौका पाइसकेका छैनन्।