लक्षित वर्गका कार्यक्रमहरू वास्तविक लक्षित वर्ग सम्म पुग्छन् : वडा अध्यक्ष विष्ट
मङ्गल बास्कोटे/लम्की
एक वर्षीय कार्यकालमा निर्वाचनमा जनता माझ बोलेका केही भए पनि प्रतिबद्धता पुरा गर्न पाउँदा आफू निकै हर्षित भएको कैलालीको लम्की चुहा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष पूर्ण बहादुर विष्टले बताए ।
एफ.एम रेडस्टार कुराकानी गर्दै अध्यक्ष विष्टले भन्नु भयो अहिले लम्की चुहा नगरपालिका चर्चको विषय बनेको कुरा सबैलाई अवगतै छ । जनता माझ चुनावमा बोलेका कुरा हुन या नबोलेका कुराहरू क्रमशः रूपमा पुरा हुँदै जाने छन् । बाकी ४ वर्षीय कार्यकाल छ, ४ वर्षीय कार्यकालमा जनतालाई दिएका प्रतिबद्धता तथा छुटेका सबै पुरा हुने विश्वास जनतालाई दिलाउन चाहन्छु । एक वर्षीय अन्तरालमा प्रतिशतको हिसाब आफू सँग नभए पनि जुन दु्रतगतिमा लम्की चुहा नगरपालिकाको विकास भएको छ त्यसलाई आधार मान्ने हो भने लगभग ४५ प्रतिशत विकास भएको छ ।
उच्च स्तरिय ग्राबेल सहितको बाटो निर्माण गर्नु पर्छ भनेर नगरपालिकाले निर्णय गरेको थियो, त्यो मुताबिक सबै वडामा ९० प्रतिशत काम सम्पन्न भएको छ । वडा नं.८ को हकमा कुरा गर्दा २८ कि.मी को दाबी गरिएको थियो । अहिले २८ को २८ कि.मी बाटो मापदण्ड अनुसार नै निर्माण सम्पन्न भएको छ । लम्की चुहा नगरपालिकाको बिकासेगति कुनै ठाउँमा रोकिएको छैन । त्यही गतिमा रही जनताले बोलेका कुराहरू कुनै पनि हातलमा नछुटाएर सम्पन्न हुने छन् ।
वडा नं.८ को मालभंगामा पानीको चरम अभाव सबैले बुझेका छन् । त्यहाँका जनतालाई खाने पानीको बैकल्पीक ब्यस्थापनका लागी यो वर्षमा नै २ वटा ठुला बोरिङकोको व्यवस्था गरिएका छ । सिँचाई सुविधाको लागी वडामा १२ वटा बोरिङ् ल्याएर गाड्ने काम सम्पन्न गरी बोरिङले सिचार गरेर जनताले निर्धक्क धान रोपि रहेको बताउनु भयो । नगरपालिकाको कृषि योग्य जमिन वडा नं.६ र ८ मा रहेको छ । नगरपालिकामा एक वडा एक खेती भन्ने नीति रहेको हुँदा यस वडामा १० बिगाह जमिनमा तरकारी खेती मात्र गर्नको लागी पहल भइरहेको छ । यसै अन्तरगत कृषिलाई आधुनिकीकरण गरी कृषिलाई बढोत्तरी गर्नको लागी साना किसान कृषि सहकारी संस्थाको माध्यम बाट १४ जना युवाहरू कृषि प्राविधिक सिक्न ईज्राएल गएका छन् ।ती युवाहरू केही महिना मै फर्किए पछि ८ नं. वडामा कृषिलाई नगरपालिका मै नमुना बनाउने बताउनु भयो । यो आर्थिक वर्ष मै कृषिका कार्यक्रम ल्याएका थियौ तर किसानहरू उत्साहित नहुँदा कार्यक्रम त्यति प्रभावकारी हुन सकेन । तर आगामी आर्थिक वर्षमा व्यावसायिक रूपमा नै किसानहरू लाग्ने कृषि कार्यक्रम ल्याउने प्रतिबद्ध जनाउनु भयो ।
वडा ८ मा स्वास्थ्यका दृष्टिले जनता धेरै पछि परेको कुरालाई मध्यनजर आर्थिक वर्ष २०७५÷७६ मा अनिवार्य रूपमा एउटा स्वास्थ्य चौकीको व्यवस्था गरिने छ । त्यसका लागी प्रदेश सरकार सँग पनि विशेष पहल गरिरहेको बताउनु भयो । अर्को महत्वपुर्व कुरा शुद्धखानेपानीको सुविधा नहुँदा विभिन्न प्रकारका पानी बाट हुने रोगहरू देखा परिरहेका छन् । यसको अन्त्य गर्नको लागी शुद्ध खाने पानीको पहँुच सम्म जनतालाई पु¥याउन शुद्ध खाने पानी पहिलो प्राथमिकतामा राखी आफ्नो कार्यकालमा पुरा गर्ने बताउनु भयो ।
लक्षित वर्गका कार्यक्रम निकै पारदर्शी ढङ्गबाट प्रभावकारी हुन सकेका कुराहरू अहिले सम्म सुन्न र देख्न पाइएका छैनन् । लक्षित वर्गका नाममा विभिन्न होटेलमा चेतना मूलक कार्यक्रम,अभिमुखिकरण कार्यक्रम भन्दै बजेट खर्च भएको देखिन्छन् तर अहिले सम्म वास्तविक लक्षित वर्गले भने त्यसको भान समेत गर्न पाएको छैन । यसलाई प्रमुख ध्यानमा राख्दै आगामी वर्षमा तल्लो स्तर सम्म गएर वास्तविक लक्षित वर्गको खोजी गरी उनीहरूले चाहे अनुसारको कार्यक्रम र सिप र आयआर्जन मूलक तर्फ जोड दिने बताउनु भयो । यसले गर्दा कार्यक्रमहरू सय प्रतिशत प्रभावकारी हुने उहाँको दाबी छ । हिजोको जस्तो कनिकाछराई गर्ने परिपाटीको अन्त्य नगरपालिकाले गर्ने बताउनु भयो ।