हाम्रो लचकतालाई ओलीले कमजोरी ठाने: माधव नेपाल - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

हाम्रो लचकतालाई ओलीले कमजोरी ठाने: माधव नेपाल



काठमाडौं- सांसदलाई गरिएको कारबाही रोक लगाउने निर्णयविरुद्ध पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालत गएपछि वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन्।

कर्णालीका चार जना सांसदलाई गरिएको कारबाही रोक लगाउने आदेश खारेज गर्न माग गर्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली सोमबार अदालत गएका छन्। 

ओलीको यो निर्णय पार्टी एकता भंग गर्ने खालको भएको वरिष्ठ नेता नेपालको टिप्पणी छ। उनले भनेका छन्, “जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो।” 

स्थायी कमिटीका नेतामाथि कारबाही र उनीहरूसँगै वार्ता गरेर ओलीले दोहोरो चरित्र देखाएको नेपालको भनाइ छ। प्रधानमन्त्री ओलीले सत्ता जोगाउन संविधानविरोधी र दक्षिणपन्थी तत्त्वसँग आत्मसमर्पण गरेको पनि नेता नेपालले बताएका छन्।