पन्जाबद्वारा राजस्थानलाई १८३ रनको लक्ष्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पन्जाबद्वारा राजस्थानलाई १८३ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब राजस्थान रोयल्सलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ ।

चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो ।

पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ४० रन बनाए । यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा अविजित रहे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिका सुधार गर्नु हुनेछ ।

घरेलु टोली पन्जाब राजस्थानलाई हराएर लिगमा पाँचौ जित निकाल्ने योजनामा हुनेछ । पन्जाब ७ खेलबाट ८ अंक जोडेर लिगको पाँचौ स्थानमा छ ।

यता, राजस्थान घरेलु टोलीसंग बदला लिने योजनामा हुनेछ । जारी सिजनको पहिलो भेटमा पन्जाबले राजस्थानलाई उसैको मैदानमा १४ रनले हराएको थियो ।

राजस्थान उक्त हारको बदला लिंदै लिगमा तेस्रो जित निकाल्ने योजनामा हुनेछ । राजस्थान ७ खेलमा २ जित निकालेर लिगको पुछारबाट दोस्रो स्थानमा छ । तर, राजस्थान आज पन्जाबलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।

पन्जाब र राजस्थानबीचको पछिल्लो पाँच भेटमा दुवै टोलीले २/२ जित निकालेका छन् ।