आइपिएल : पन्जाबले राजस्थानलाई हरायो
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।
पन्जाबको जितमा क्रिस गेलले ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।