डीभिलीयर्सले कमाल गरेपछि पंजावलाई २०३ को लक्ष्य - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

डीभिलीयर्सले कमाल गरेपछि पंजावलाई २०३ को लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलाभेन पन्जाबलाई जितका लागि २०३ रनको फराकिलो लक्ष्य दिएको छ ।

एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनायो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।

घरेलु मैदानमा आज बैंगलोर चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । लिगको पुछारमा रहेको बैंगलोरको १० खेलबाट ६ अंक रहेको छ ।

यस सिजन खराब लयबाट गुज्रिरहेको बैंगलोर पन्जाबलाई हराउँदै लय समात्न चाहन्छ । यस्तै बैंगलोर पन्जाबविरुद्ध लगातार जित निकाल्न चाहन्छ ।

यस सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो ।

यता, पन्जाब घरेलु टोलीसंग बदला लिने योजनासहित मैदान उत्रनेछ । यस्तै पन्जाब बैंगलोरलाई हराएर प्ले अफ सम्भावना जीवित राख्न चाहन्छ ।

पाँचौं स्थानको पन्जाबले १० खेलबाट १० अंक जोडेको छ ।