पन्जाबद्वारा राजस्थान पराजित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पन्जाबद्वारा राजस्थान पराजित



एजेन्सी । किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलबार पन्जाबले राजस्थानलाई १२ रनले हराएको हो ।

घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

राजस्थानका राहुल त्रिपाठीले ५० रन अर्धशतकिय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ४० रन बनाए । यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा अविजित रहे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

जितसंगै पन्जाबले लिगमा पाँचौ जित निकालेको छ ।  पहिलो भेटमा पन्जाबले राजस्थानलाई उसैको मैदानमा १४ रनले हराएको थियो ।