पन्जाबद्वारा मुम्बईलाई १९८ रनको लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

पन्जाबद्वारा मुम्बईलाई १९८ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले घरेलु टोली मुम्बई इन्डियन्सलाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ ।

वान्खडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९७ रन बनायो ।पन्जाबका लागि लोकेश राहुलले शतकीय इनिङ्स खेले ।

ओपनर राहुलले अविजित रहदै १०० रनको योगदान दिए । यस्तै क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । गेल ६३ रनमा आउट भए ।

मुम्बईका हार्दिक पाण्डयले २ विकेट लिए ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

लिगको तेस्रो स्थानको पन्जाबले ६ खेलबाट ८ अंक जोडेको छ । मुम्बईलाई हराएमा पन्जाबले शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंग अंक बराबरी गर्नेछ । चेन्नईको १० अंक छ ।

पाँचौ स्थानको मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ ।