साम करनको विष्फोटक ब्याटिङ : कोलकत्तासामु विशाल लक्ष्य - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

साम करनको विष्फोटक ब्याटिङ : कोलकत्तासामु विशाल लक्ष्य



एजेन्सी – युवा अलराउन्डर साम करनले विष्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औं खेलमा किंग्स इलाभेन पन्जावले कोलकता नाइट राइडर्सलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनायो । पन्जावलाई विशाल योगफल सम्म पुर्याउन युवा खेलाडी साम करनले उत्कृष्ट ब्याटिङ गरे । उनले मात्र २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५५ रनमा अविजित रहे ।

पन्जावका लागि मिडिल अडरका निकोल्स पुरनले २७ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४८ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै मयंक अग्रवालले २६ बलमा २ चौका र १ छक्का सहित ३६,क्रिस गेल १४, रोकेश राहुल २ रनमा आउट भए ।

तल्लोक्रमका मन्दीप सिंहले १७ बलमा समान १ चौका र छक्का सहित २५ रनको योगदान दिए । कोलकताका लागि सन्दीप वारियरले २,हेरी गुर्नी,आन्द्रे रसेल र नितेश रानाले समान १ विकेट लिए । अंक गणीतिय प्ले अफको संभावना कायमै राख्न दुबै टोलीलाई जित्नै पर्ने दबाब छ ।