अग्निपरीक्षामा पन्जाब र कोलकत्ता
काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार किङ्गस इलाभेन पन्जाब र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ । जसलाई कोलकत्ता र पंजावको अग्निपरीक्षाको रुपमा पनि लिइएको छ ।
पन्जाब र कोलकत्ताबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।
चन्द्रीगढस्थित बिन्द्रा क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
प्ले अफ पुग्न दुवैको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । प्ले अफमा स्थान बनाउन दुवैलाई जित बाहेक अन्य विकल्प छैन । त्यसैले दुवै टोलीको लक्ष्य जित निकाल्नु मात्र रहेको छ ।
घरेलु टोली पन्जाब १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । कोलकत्तालाई पराजित गर्दै पन्जाब चौंथो स्थानको हैदरावादसंग अंक बराबरी गर्न चाहन्छ । चौंथो स्थानको हैदरावादले १३ खेलबाट १२ अंक जोडेको छ ।
यता, छैटौं स्थानको कोलकत्ता पनि पन्जाबलाई हराएर प्ले अफ सम्भावना कायम राख्न चाहन्छ । कोलकत्ताको पनि १२ खेलबाट १० अंक रहेको छ।