नाका बन्द हुँदा नेपालीलाई असर पर्दैन: भारतीय दूतावास - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नाका बन्द हुँदा नेपालीलाई असर पर्दैन: भारतीय दूतावास



काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारत प्रवेशमा लगाइएको कडाईका कारण नेपालीहरुको भारत आवतजावतमा कुनै समस्या नपर्ने भएको छ ।

नेपालस्थित भारतीय दूतावासले बिहीबार विज्ञप्ती जारी गरेर नेपाली नागरिकहरुका लागि विद्यमान भ्रमण व्यवस्थामा कुनै परिवर्तन नहुने बताएको हो ।

‘अहिले लिइएका कदमहरु नितान्त सार्वजनिक स्वास्थ्य र सुरक्षा व्यवस्थाको उद्देश्यले गरिएको हो । यी कदमले नेपाली नागरिकहरुको हवाई तथा स्थल मार्गबाट गर्ने नियमित भारत भ्रमणमा कुनै प्रभाव पार्ने छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्को शब्दमा भन्दा नेपाली नागरिकहरुका लागि विद्यमान भ्रमण व्यवस्थामा कुनै परिवर्तन हुनेछैन ।’

तर, सबै प्रवेश बिन्दूहरुमा भारतीय, नेपाली वा तेस्रो मुुलुकबाट आउने यात्रुहरुको सघन स्वास्थ्य जाँच गरिनेछ र कोरोना फैलिएका देशबाट आएको वा हालै ती ठाउँको भ्रमण गरेको भए वा कुनै लक्षण देखिएमा आवश्यकताअनुसार क्वारेन्टाइनमा राख्न सकिनेछ ।