कुवेत लैजान लागिएका तीन महिलाको उद्धार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कुवेत लैजान लागिएका तीन महिलाको उद्धार



गुलरिया, (बर्दिया) माघ १७ गते  । नेपालबाट भारतीय भूमि हुँदै कुवेत लैजान लागिएका तीन महिलालाई बर्दियाको सानोश्री तारातालबाट उद्धार गरिएको छ ।

भारतको नयाँ दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङ भनिने एक व्यक्तिले मोटो रकम दिने आश्वासनका आधारमा म्याग्दी घर बताउने धनवीर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेन्टका रुपमा सीमा पार गराउने खैरिचन्दनपुर–४ का रतन विक र निजको साला ढोढरी बेलुबा चोक बस्ने अर्जुन विकले भारत लैजान लागेको अवस्थामा शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय सानोश्री तारातालको गस्ती टोलीले १० नं ओपीबाट उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएकामा लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन् । भारतको दिल्ली हुँदै कुवेत लैजान लागेका धनवीर पुन र रतन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्जुन विक फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बोहराका अनुसार महिलाहरुको उद्धार गरी थप अनुसन्धान भइरहेको बताउनुभयो । रासस