कांग्रेस सांसदद्वारा तोडफोड, मुख्यमन्त्री निस्किए - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

कांग्रेस सांसदद्वारा तोडफोड, मुख्यमन्त्री निस्किए



बुटवल- प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन् । प्रमूख प्रतिपक्षी दलका सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन् ।

सभामुख पूर्णबहादुर घर्तीले रुखो शैलीमा संसद चलाएपछि सत्तारुढ सांसदसमेत आक्रोशित भएका छन्।

सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने व्यवस्था गराउन सभामुखलाई आग्रह गरेका छन्। उनले सभामुखलाई आफ्नो कुरा राख्न पाउने मौका नखोज्न आग्रह गरे।

कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएरहको बेला कांग्रेस सांसदले तोडफोड गरेर र हात हालाहालको स्थिति आएपछि मुख्यमन्त्री शंकर पोखरेल सभाबाट निस्किएका छन् ।