ओली प्रचण्डबीच कुरा मिलेन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ओली प्रचण्डबीच कुरा मिलेन



काठमाडौं – पार्टी एकताको गृहकार्यमा रहेका एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।

पद बाँडफाँडमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नै कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन नसकेको हो । आजकोनेपाल समाचारपत्रमा खबर छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रबीच एकपटक मात्र एकता संयोजन समितिको बैठक बसे पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

एमाले अध्यक्ष ओली निवासमा शुक्रबार (हिजो) भएको तीन घण्टाको छलफलमा पनि ओली र प्रचण्डबीच कुनै समहति जुट्न सकेन ।

वान टु वान छलफलमा पद बाँडफाँडकै विषयमा केन्द्रीत भएर छलफल भए पनि सहमति जुट्न नसकेको बताइएको छ ।