बालिका बलात्कारगरि फरार रहेका कुवर पक्राउ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बालिका बलात्कारगरि फरार रहेका कुवर पक्राउ



बिशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका -६ बछुरियाकि १४ वर्षिय बालिकालाई बलात्कार गरि फरार रहेका सोहि गाउका ३३ वर्षिय हर्क कुँवर पक्राउ परेका छन् ।

साउन १३ गते राती घरमा कोही नभएको मौका छोपी घोडाघोडी नगरपालिका- ६ कि १४ वर्षीय बालिकालाई बलात्कार गरि कुँवर फरार रहेका थिए । आइतबार साझ करिब ६:३० बजे तिर उनलाई आफन्तकोमा लुकिछिपि बसिरहेको अवस्थामा लम्कीबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिनुभयो ।

पक्राउ परेका कुवरको मेडिकल रिपोर्ट तथा अन्य प्रक्रियाको लागी जिल्ला प्रहरी कार्यालय चलान गरिएको ईलाका प्रहरी प्रमुख जोशिले जानकारी दिए । लम्किका स्थानीयहरुको सहयोगले कुवर पक्राउ परेको समेत ईलाका प्रहरी प्रमुख जोशिले हिमाल पोस्ट लाई बताए ।