बलात्कारगरि फरार रहेका कुवरलाई प्रहरीद्बारा सार्वजनिक - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बलात्कारगरि फरार रहेका कुवरलाई प्रहरीद्बारा सार्वजनिक



बिशाल पाण्डेय / कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका-६ बछुरियाकि १४ वर्षिय बालिकालाई बलात्कार गरि फरार रहेका हर्कबहादुर कुँवरलाई कैलाली प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर घोडाघोडी नगरपालिका -६ कि १४ वर्षिय बालिकालाई दाइ नाता पर्ने ३३ वर्षिय कुँवरले बालिकाकै सलले मुख र हात बाँधेर बलात्कार गरि फरार भएका थिए ।

आइतबार साझ करिब ६:३० बजे लम्की चुहा नगरपालिका-१० मा आफन्तको घरमा लुकिछुपी बसिरहेका कुवरलाई स्थानीयहरुको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो । घटना साउन १३ गते घटेपनि १५ गते शुक्रबारका दिन बलात्कृत बालिकाको आफन्तले इलाका प्रहरीले कार्यालय सुखडमा उजुरी दिएका थिए । उजुरी दिने वित्तिकै सादा पोसाकमा प्रहरीलाई परिचालन गरिएको हुुँदा दुई दिनमै कुुुवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कुवरलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ‘ख’ बमोजिम १४ वर्षदेखि १६ वर्षसम्म कैद हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।