कुण्डला मा.बि भद्रुटारका १७ विद्यार्थीलाई छात्रबृति वितरण। - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

कुण्डला मा.बि भद्रुटारका १७ विद्यार्थीलाई छात्रबृति वितरण।



नुवाकोट।

नुवाकोटको कुण्डला मा.वि. भद्रुटारका सत्र विद्यार्थीलाई महासमिति सदस्य रमेश कुमार महतले आज एक समारोहका बिच छात्रवृत्ति वितरण गरे । नुवाकोट थानापति घर भई हाल अमेरिकाको टेक्ससमा कार्यरत शोभा पाण्डेले चालु शैक्षिक सत्र देखिनै १२ विद्यार्थीलाई उक्त छात्रवृत्ति उपलब्ध गराएका थिए ।

हाल उक्त छात्रवृत्ति थप पाँच जेहेन्दार विद्यार्थी थप गराई सत्र विद्यार्थी लाई छात्रवृत्ति प्रदान गरिएको छ । उक्त कार्यक्रममा महतले आफ्नो मेहनतको कमाइलाई बचत गरी समाजसेवी पाण्डे द्वारा गरिएको उक्त सहरानिय कार्यको प्रशंसा गर्दै यस सहयोगले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुग्ने बताउनु भयो ।हाल शैक्षिक क्षेत्रमा भएको विभेदको अन्त्य हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा तादि गाउँ पालिकाका अध्यक्ष नारायण पाण्डे,शिवपुरी गाउँ पालिकाका उपाध्यक्ष मन्जु केसीको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाको अध्यक्षतामा भएको थियो ।