कोरोना महामारी: पछिल्लो २४ घण्टामा कुन देशमा के भयो ? - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

कोरोना महामारी: पछिल्लो २४ घण्टामा कुन देशमा के भयो ?



काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३७ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ६ सय २२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजार ५ सय ८५ जना संक्रमित थपिएका छन् भने १ हजार १ सय ३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४४ हजार ८ सय ८७ जना संक्रमित थपिदा १ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । भारतमा थप ३९ हजार १ सय ६८ जनामा संक्रमण पुष्टि हुँदा ६ सय ७२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा ८ हजार १ सय ७०, कोलम्बियामा ७ हजार ३३, रुसमा ५ हजार ८ सय ४२, अर्जेन्टिनामा ५ हजार ३ सय ४४, मेक्सिकोमा ५ हजार १ सय ७२, पेरुमा ४ हजार ४ सय ६ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म कोरोनाबाट विश्वभर १ करोड ४८ लाख ४५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६ लाख १३ हजार ८ सय ७९ जनाको मृत्यु भएको छ । ८४ लाख २८ हजार ४ सयभन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट अत्ति प्रभावित अमेरिकामा अहिलेसम्म ३८ लाख ९१ हजार ८ सयभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ४१ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म २१ लाख १८ हजार ६ सयभन्दा धेरेमा संक्रमण पुष्टि भएको छ भने ८० हजार १ सय २० जनाको मृत्यु भएको छ ।

भारतमा ११ लाख ५५ हजार ३ सयभन्दा धेरैमा संक्रमित हुँदा २८ हजार ८४ को मृत्यु भएको छ ।

नेपालमा १७ हजार ९ सय ९४ जनामा संक्रमण पुष्टि हुँदा ४० जनाको मृत्यु भएको छ ।