विद्युत् प्राधिकरणबाट हितेन्द्र ‘आउट’: कुलमान भए नियुक्त
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कमाण्ड कुलमान घिसिङले सम्हाल्ने भएका छन् । लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाउने घिसिङको प्राधिकरणमा कमब्याक हुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव लागिएको थियो । सोहि प्रस्ताव अनुसार २५ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नियुक्त गरेको थियो ।
सरकारले वर्तमान प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णय समेत गरेको छ । स्रोतका अनुसार हितेन्द्रलाई जल तथा ऊर्जा आयोगमा सरुवा पठाउने निर्णय समेत भएको छ । शाक्यका लागि आयोगमा विशिष्ठ पदको सृजना गरिएको बताइएको छ ।