कुलमानले दिए कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी
नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक लगाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर यही वैशाख १९ गते हुने ट्रेड युनियन चुनावका लागि कुनै पनि गाडी प्रयोग नगर्न सचेत गराएका हुन् ।
यस्तै चुनावको सिलसिलामा सम्बन्धित कार्यालयमा समन्वय गरेर मात्रै परिचालित हुन र चुनाव निष्पक्ष बनाउन पनि घिसिङले निर्देशन दिएका छन् ।
निर्देशन अटेर गर्नेलाई विभागीय कारबाही गर्ने पनि उनको चेतावनी छ । यसअघि प्राधिकरणको ट्रेड युनियन चुनावमा गाडीको व्यापक दुरुपयोग भएको गुनासो आउने गरेको थियो । विद्युत प्राकिरणमा ट्रेड युनियनको चुनाव गएको फागुनमै हुनुपर्ने भए पनि विवादका कारण रोकिएको थियो ।