प्रधानमन्त्री र उर्जामन्त्री नै कुलमान घिसिङ हटाउने खेलमा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

प्रधानमन्त्री र उर्जामन्त्री नै कुलमान घिसिङ हटाउने खेलमा



काठमाडौँ – चार वर्ष अगाडी नेपालमा दिनमै १८ घण्टासम्म लोडसेडिङ खेपेर बसेका जनताले कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भएर आउँदा खासै भ्याउ पाएका थिएनन ।

तर घिसिङले बिस्तारै लिएका निर्णय र उनले देखाएको कार्य कुशलताले उनको नाम आम मानिसले चिन्ने नाम बन्यो ।

चरम घाटामा रहेर कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था भएको विद्युत प्राधिकरणलाई उनले देशकै उच्च नाफा कमाउने बनाए त्यो पनि निकै छोटो समयमा । यो एउटा उदाहरण र प्रेरणा बन्नसक्ने घटना, त्यो १८ घण्टाको लोडसेडिङ, चरम घाटना रहेको प्राधिकरण लाई फर्किएर हेर्दा आश्चर्य नै लाग्छ ।

चार वर्षअघि प्राधिकरणको निर्देशक भएपछि उनले दैनिक १८ घण्टासम्म हुदै आएको लोडसेडिङ शून्यमा झारे। त्यसपछि सर्वसाधारणले उनलाई ‘उज्यालो’को पर्यायका रुपमा लिने गर्छन्।

तर उनको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ। उनलाई प्राधिकरणका पुनः नियुक्त गरिनुपर्छ भन्ने आवाज सर्वधारणका तर्फबाट चर्को रुपमा उठ्न थालेको छ। पछिल्ला दिनहरुमा सेलिब्रेटीहरुले नै योजनाबद्ध रुपमा उनको पुनः नियुक्ति हुनुपर्छ भन्दै लबिङ गरिरहेका छन्।

सामाजिक सञ्जाल घिसिङको समर्थनमा रंगिएको छ। तर उनलाई नियुक्ति गर्ने सरकार अझ विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन उनीप्रति सकारात्मक छैनन्।

मंगलबार एकाएक सामाजिक संजालमा कुलमान घिसिङ पुनः नियुक्ति पाएको हल्लाले चर्चा पाइरहँदा ऊर्जामन्त्री पुनले भने दवाव महसुस गरिरहेका छन् । प्रधानमन्त्री ओलीले त राज्यको खर्चमा आफ्नो प्रचार गरेको भन्दै कुलमानलाई स्पष्टीकरण नै सोध्ने तयारी गरेको स्रोतको दाबी छ ।

प्राधिकरकणमा सिइओ नियुक्तिबारे प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री पुनबीच सामान्य छलफल सुरु भए पनि निष्कर्ष भने निस्किएको छैन ।

प्रचण्डले घिसिङलाई नै निरन्तरता दिने अडान लिएका छन् तर, प्रधानमन्त्री ओली र मन्त्री पुन सकारात्मक नभएकाले उनको सम्भावना कम रहेको विश्वस्त स्रोतको दाबी छ। विद्युतमा लगानी गरेका निजी क्षेत्रसमेत घिसिङलाई निरन्तरता दिन नहुने भन्दै शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रधानमन्त्री ओली प्राधिकारणले गरेको प्रगतिमा सरकारलाई जस नदिएको भन्दै कुलमानसंग रुष्ट बनेका छन् । उर्जामन्त्री पुन पनि विभिन्न शक्तिशाली व्यक्तिको प्रभाव र आफ्नो मन्त्रीपद जोगाउने लाइनमा कुलमानलाई राख्ने पक्षमा छैनन् ।