कुलप्रसाद केसी बने लुम्बिनीको मुख्यमन्त्री: सपथको तयारी
काठमाडौं- माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुखले दिएको समयभित्र उनको केसीको मात्रै दाबी परेको छ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार ३ बजेसम्मका लागि समय दिएका थिए । त्यो अवधिमा केसीको मात्रै दाबी प्रस्तुत भएका कारण उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो।
केसीलाई माओवादी केन्द्रसहित, नेपाली काग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। उनको पक्षमा प्रदेश सभा ८० मध्ये ४२ जनाले समर्थन जनाएका छन्।
उनी एक्लो दाबेदार भएपछि साँझ ५ बजे शपथ कार्यक्रम राखिएको माओवादी केन्द्रका सांसद इन्द्रजीत थारुले बताए। केसीले आज तीन पार्टीबाट एक/एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्।