कुकुरलाई उत्तेजित बनाएको भन्दै मोडलविरुद्ध मुद्दा
काठमाडौं – आफ्नो कुकुरलाई उत्तेजित बनाएको भन्दै अमेरिकाकी एक मोडलविरुद्ध मुद्दा परेको छ ।
मुद्दा परेसँगै इन्टाग्रामकी मोडल डायना माउरनीले समाचार शीर्षक बनेकी छन् ।
कुकुरका मालिक टोनी टोउटोउनीले ती सुन्दरीले आफ्नो कुकुरसँग अन्तरंग सम्बन्ध राखेर उत्तेजित बनाएको आरोप लगाएका छन् ।
टोउटानीले आफ्नो कुकुर हेफलाई माउरनी कामुक रूपमा खेलाएर उत्तेजित पारेको बताएका छन् । यो खबर शुक्रबार साप्ताहिकमा छ ।
मोडलले भने कुकुरका मालिकले कुकुरलाई आफूमाथि उक्साएर आफूमाथि नै दुव्र्यवहार गरेको भन्दै प्रतिवाद गरेकी छन् ।