कुखुराको मासुमा पनि कोरोना भाइरस भेटियो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कुखुराको मासुमा पनि कोरोना भाइरस भेटियो



एजेन्सी- कुखुराको मासुमा पनि कोरोना भाइरस पाइएकाे छ। कुखुराका पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो।

चिनियाँ सञ्चारमाध्यम सीएनएनका अनुसार ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीले बताएका छन्।

आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो।

समाचार संस्था रोयटर्सका अनुसार त्यसकाे सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा उनीहरूमा संक्रमण नपाइएकाे सेन्जेनका स्वास्थ्य अधिकारीले बताएका छन्।

कोरोना भेटिएको ब्रान्डका अन्य उत्पादनको पनि खोजी भइरहेको र ब्राजिलबाट आयात गरिएको चिकन विंग्स स्टोर गरिएका स्थानलाई निर्मलीकरण गरिररहेको पनि अधिकारीले जनाएका छन्।

हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम छ।