कुबेर केसी बने गोदावरी जेसिजको नयाँ अध्यक्ष ,पदस्थापन कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

कुबेर केसी बने गोदावरी जेसिजको नयाँ अध्यक्ष ,पदस्थापन कार्यक्रम सम्पन्न



 हिमाल पोस्ट/ काठमाडौँ ,

गोदावरी जेसिजको १७औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष कुबेर केसी र उनको बोर्डलाई पदभार हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी महेश केसी तथा नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष आनन्द अधिकारीलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै वर्षभरि उत्कृष्ट कार्य गर्ने सदस्यहरूलाई विभिन्न अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष वर्ष २००२ का प्रकाश केसीले सम्पूर्ण जेसीज युवाहरूलाई ‘हाम्रो जेसिज राम्रो जेसिज’ बनाउन आह्वान गरे ।

गोदावरी जेसिज वर्ष २०१६ का अध्यक्ष सुमनराज जोशीले बिदाइ सम्बोधनका क्रममा आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई सम्झिदै नयाँ बोर्डलाई शुभकामना दिए । त्यस्तै वर्ष २०१७ का अध्यक्ष कुबेर केसीले सबैलाई धन्यवाद दिँदै गोदावरीलाई वर्षकै नमुना च्याप्टर बनाउने घोषणा गरे ।

कार्यक्रममा वर्ष २०१७ का राष्ट्रिय कोषाध्यक्ष आनन्द अधिकारी, कार्यकारी उपाध्यक्ष सुशिलकुमार श्रेष्ठ, उपाध्यक्षहरु विकास मानन्धर, विकास महर्जन, अतुल प्रसाईंका साथै गोदावरी जेसिजका पूर्व अध्यक्षहरु रमेशमान शाक्य, राजेन्द्र प्रसाद ओझा, अभयपाल डंगोल, केशव भट्टराई, रन्जित पोद्दार, अभिषेक श्रेष्ठ र निलम अधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा विभिन्न शाखाका अध्यक्ष, पुर्वअध्यक्ष एवं पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रमोद पोखरेलले गरेका थिए ।