काठमाडौं उपत्यकामा यातायात बन्द नहुने
काठमाडौं- काठमाडौं उपत्यकामा यातायात बन्द नहुने भएको छ । आगामी १६ गतेदेखि गर्न लागिएको निषेधाज्ञामा सार्वजनिक र निजी यातायात जोर–बिजोर प्रणालीमा संचालन गरिने भएको छ ।
काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकले जोर–बिजोर लागु गर्ने तय गरिएको । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीको छलफलले यस्तो निर्णय गरेको एक सहभागीले बताए ।
उपत्यकाभित्र यातायात जोर–बिजोरमा सञ्चालन हुने तर बाहिरबाट आउन नपाउने र अत्यावश्यक सवारी भने चलाउन दिने निर्णय भएको उनले बताए ।खाद्यान्न, फलफूल, तरकारीलगायतका पसल सञ्चालन हुनेछन् । रेष्टुरेन्टहरुले होम डेलिभरी र प्याकिङ गरेर मात्रै बेच्न पाउनेछन् ।
मास्क प्रयोग नगर्नेमाथि कारवाही हुनेछ । अनावश्यक रुपमा निस्कने पैदलयात्रुमाथिसमेत निगरानी राखिनेछ । बैंक र सरकारी कार्यालय भने खुल्नेछन् ।