अत्यन्तै महत्वपूर्ण वृतका प्रहरीमा संक्रमण भएपछि काठमाडौंमा त्रास - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अत्यन्तै महत्वपूर्ण वृतका प्रहरीमा संक्रमण भएपछि काठमाडौंमा त्रास



काठमाडौँ – काठमाडौंमा ड्युटीमा खटिएका २ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनमानसमा सन्त्रास फैलिएको छ ।

काठमाडौँ महानगरपालिकाले सन्चालन गरेको कोरोना भाइरस संक्रमण परीक्षणमा महानगरीय प्रहरी वृत कालिमाटीका १९ प्रहरी पनि सहभागी थिए। तीमध्ये दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यतिबेला उक्त वृत मात्र होइन उपत्यकाकै सुरक्षाकर्मीहरु र सर्वसाधारण त्रसित भएका छन्। कोरोना संक्रमण पुष्टी भएका प्रहरीमा एक जना नायब निरिक्षक-सई र जवान छन्।

स्रोतका अनुसार परीक्षणपछि पनि उनीहरु कार्यालयमा आएर काम गरिरहेका थिए। उनीहरु दुवै जना फिल्डमा खटि रहने प्रहरी हुन्। दुवैलाई बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा राखिएको छ।

उपत्यकाको अत्यन्तै महत्वपूर्ण वृत मध्येको एक कालिमाटीमा मात्र एक सय ३० प्रहरी कार्यरत छन्।काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी अधिकारीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक हो।