उपत्यकामा सार्वजनिक र निजी सवारी साधन ठप्प - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

उपत्यकामा सार्वजनिक र निजी सवारी साधन ठप्प



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एकसातासम्म काठमाडौं उपत्यका प्रवेशमा सबै सवारी साधनलाई रोक लगाएको छ ।

बिहीबार बिहान ६ बजेदेखि यो नियम लागु हुनेछ । बिहीबार बिहान ६ बजेदेखि २२ गते रातिसम्म काठमाडौं जिल्लामा सार्वजनिक र निजी सवारी साधन पनि सञ्चालनमा रोक लगाउने भएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन काठमाडौं जिल्लामा प्रवेशमा रोक लगाउने पनि आदेशमा उल्लेख गरिएको छ ।

अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, बैंक तथा वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलसन, फोहोर मैलालगायतका ढुवानीका साधन भने सञ्चालन हुनेछन् ।

सरकारी कार्यालयलगातका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिइ सवारी साधन प्रयोग गर्न पाइनेछ ।