काठमाडौंमै ९ संक्रमित थपिए, एकको मृत्यु - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

काठमाडौंमै ९ संक्रमित थपिए, एकको मृत्यु



काठमाडौं- २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले बिहीबार प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टी भएको हो। त्यस्तै त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी-५ का ती पुरूषको बिहीबार बिहान मृत्यु भएको हो।

त्यस्तै नेपालभरि पछिल्लो २४ घन्टामा ४ सय ३४ संक्रमित थपिएको हो। हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ। तीमध्ये २६ जनाको मृत्यु भएको छ।