काठमाडौंमा फेरि थपिए कोरोना संक्रमित - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

काठमाडौंमा फेरि थपिए कोरोना संक्रमित



काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको प्रेस ब्रिफिङमा बताइए अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई महिला एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।

शुक्रबार काठमाडौंमा तीन जनासहित देशभर चार सय २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ।