काठमाडौंका ट्याक्सीको भाडा बढ्यो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

काठमाडौंका ट्याक्सीको भाडा बढ्यो



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालित ट्याक्सीको नयाँ भाडा समायोजन गरेको छ ।

माघ १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको हो । नयाँ भाडादरअनुसार अब ट्याक्सीले पहिलो एक किलोमिटरको ६० रुपैयाँ र त्यसअगाडि प्रति दुई सय मिटरको ९ रुपैयाँ ८० पैसा तोकिएको छ ।

हरेक ट्याक्सी चालकले यात्रुलाई अनिवार्य आफ्नो गाडी नम्बरसहितको अंग्रेजी र नेपाली भाषामा भएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने भएको छ ।

साथै ट्याक्सीले अनिवार्य पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने भएको छ ।

पुस २० गते मन्त्रीस्तरको निर्णय बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले सार्वजनिक गरेका हुन् ।